२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारदुई कम्पनीलाई आईपीओ जारी गर्ने बोर्डले दियो अनुमति, कसले कति जारी गर्ने ?

दुई कम्पनीलाई आईपीओ जारी गर्ने बोर्डले दियो अनुमति, कसले कति जारी गर्ने ?


काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट डोल्टी पावर कम्पनी र भुगोल एनर्जी डेभलपमेन्ट कम्पनीले आईपीओ जारीको अनुमति पाएका छन्र  ।

बोर्डले यी दुई कम्पनीलाई माघ १६ गते साधारण सेयर निष्कासनको अनुमति दिएको हो ।

बोर्डबाट डोल्टी पावर कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरकाे  १६ लाख ९ हजार ४५८ कित्ता साधारण सेयर निष्कासन अनुमति पाएको हो । त्यस्तै, भुगोल एनर्जी डेभलपमेन्ट कम्पनीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबर १६ लाख ३२ हजार १६० कित्ता साधारण सेयर निष्कासन अनुमति पाएको हो ।

साधारण सेयर निष्कासनका लागि यी दुई कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एन आईसी एशिया क्यापिटल रहेको छ ।

बोर्डले डोल्टी पावर कम्पनी र भुगोल एनर्जी डेभलपमेन्ट दुवैलाई चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने बराबरको साधारण सेयर जारी गर्न अनुमति दिएको हो ।

यी दुवै कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ बिक्री गर्नेछन् ।


क्याटेगोरी : पूँजी बजार
ट्याग : #डोल्टी पावर कम्पनी, #नेपाल धितोपत्र बोर्ड, #भुगोल एनर्जी डेभलपमेन्ट कम्पनी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ