काठमाडौ । सुपरमाई हाइड्रोपावरले आज माघ २३ गते देखि सर्वसाधारणको लागि आईपीओ जारी गरेको छ ।
कम्पनीले जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतका दरले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण सेयर जारी गरेको हो ।
सो मघ्ये १० प्रतिशतले हुन आउने ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्रि गरिसकेकको छ भने ५ प्रतिशतका दरले हुन आउने २५ हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई र २ प्रतिशतका दरले हुन आउने १० हजार कित्ता सेयर कम्पनीमा कार्यगत कर्मचारीहरुको लागि छुट्याएको छ ।
त्यस्तै,बाँकी रहेको ४ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणको लागी जारी गर्ने लागेको छ ।
प्रतिकित्ता १०० अंकित मूल्यकादरमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ता माघ २६ गतेसम्ममा आवेदन दिन सक्नेछन् । यदी सो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा आगामी फागुन ०८ गतेसम्ममा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।