२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली


काठमाडौं । आज नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ मा पुगको छ ।

आज सेयर बजारमा २१५ कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ मूल्यमा कारोबार भएको छ ।

एनआइसी एशिया बैंकको सेयर १२ करोड ९२ लाख ४२ हजार रुपैयाँ बराबरमा खरिद बिक्रि भएसँगै कारोबार रकमका आधारमा एनआइसी एशिया शीर्ष स्थानमा रयो ।

यस्तै, न्यादी ग्रुप पावर ११ करोड तीन लाख ७० हजार रुपैयाँ अपि पावर कम्पनी ९ करोड ३९ लाख ९९ हजार रुपैयँ र हिमालयन डिस्टिलरी ६ करोड ६४ लाख ७२ हजार रुपैयाँ बराबरमा सेयर किनबेच भएको छ ।

आज बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् कम्पनी, आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ भने रिडी पावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले घटेको छ ।

आइसिएफसी फाइनान्स कम्पनीको ऋणपत्र ५.९० प्रतिशत, एभेष्ट बैंकको ऋणपत्र १.९५ प्रतिशत ,एनआइबिएल प्रगति फण्ड १.६९ प्रतिशत , नेपाल एसबिआई बैंकको ऋणपत्र १.५८ प्रतिशत र लक्ष्मी बैंकको ऋणपत्रको मूल्य १ं२९ प्रतिशतले घटेको छ ।

आजको दिन सेयर बजारमा १३ वटै उपसमूह हरियाली भएको छ ।

कारोबार भएका कूल २१५ कम्पनीको शेयर मूल्य बढेको छ भने १ मात्रै कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ