२०८१ माघ २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठउर्जामोलुङ हाइड्रोपावरको आईपीओ फागुन ४ गतेदेखि

मोलुङ हाइड्रोपावरको आईपीओ फागुन ४ गतेदेखि


काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले  फागुन ४ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पुँजीको ३४ प्रतिशतका दरले हुन आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर जारी गर्ने लागेको हो ।

कम्पनी जारी गर्ने आईपीओ मघ्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता सेयर निष्काशन गरिसकेको छ । त्यस्तै, सामुहिक लगानी कोष ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता र कर्मचारीहरुका लागी २ प्रतिशत अर्थात् ५४ हजार ५७० सय कित्ता छुट्याएको छ ।

त्यस्तै बाकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर सर्वसाधारणको लागि आईपीओ जारी गर्ने लागेको हो ।

न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताको लागि लगानीकर्ताहरुले यसमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
लगानीकर्ताले फागुन १० गतेसम्ममा यसमा आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यसमा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडले गरेको छ । यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ