२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठउर्जाईङवा हाइड्रोपावरको आईपीओ वैशाख १३ गते देखि

ईङवा हाइड्रोपावरको आईपीओ वैशाख १३ गते देखि


काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनीले वैशाख १३ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर जारी गर्ने लागेको हो ।

जसमध्ये कम्पनीले आयोजना प्रभावित स्थानीयलाई जारी पुँजी १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबर लाख कित्ता शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । जसमा ३ लाख ६ हजार ८४० कित्ता शेयरमात्र बिक्रि भएको छ ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत हुन आउने १२ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ । जसमध्ये १० प्रतिशत हुन आउने १ लाख २० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्रि खुल्ला गरिसकेको छ ।

 कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई निष्काशन गरी बिक्रि नभएको २ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणको लागि जारी गरिने १० लाख ८० हजार कित्ता सेयरमा थप गरी कुल १३ लाख ्७३ हजार कित्ता सेयर सर्वसाधारण जारी गर्ने लागेको कम्पनीले जनाएको छ ।

त्यस्तै, सामुहिक लगानी कोष ५ प्रतिशत अर्थात् ७४ हजार ६५८ कित्ता र कर्मचारीहरुका लागी २ प्रतिशत अर्थात् २९ हजार ८६३ सय कित्ता छुट्याएको छ ।

 बाकी रहेको १२ लाख ६८ हजार ६३९ कित्ता सेयर सर्वसाधारणको लागि आईपीओ जारी गर्ने लागेको हो ।

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि लगानीकर्ताहरुले यसमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

लगानीकर्ताले वैशाख १७ गतेसम्ममा यसमा आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यसमा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेडले गरेको छ । यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ