२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठउर्जामाई खोला हाइड्रोपावरको आईपीओ आजदेखि

माई खोला हाइड्रोपावरको आईपीओ आजदेखि


 

काठमाडौं । माई खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आज वैशाख ८ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि आफ्नो जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको ३९ प्रतिशतका दरले  आउने  १५ लाख २९ हजार ४११ सय कित्ता साधरण सेयर जारी गरेको हो ।

कम्पनीले जारी गरेको १५ लाख २९ हजार ४११ कित्ता सेयर मघ्ये सामुहिक लगानी कोष ( ५ प्रतिशत) ७६ हजार ४७९ कित्ता र कर्मचारीहरुका लागी (२ प्रतिशत) हजार ५८८ सय कित्ता छुट्याएको छ ।

बाँकी रहेको १२ लाख ६९ हजार ४११ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् ।

लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

आवदेनकर्ताले वैशाख १२ गतेसम्ममा यसमा आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख २४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार
ट्याग : #प्रभु क्यापिटल, #माई खोला हाइड्रोपावर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ