काठमाडौं । नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ मा सीमित भएको छ ।
आजको दिन १३ वटा उपसमूह मघ्ये १२ उप समुहको शेयर मूल्य बढ्ेको छ भने १ वटा उपसमुहको शेयरको मुल्यमा गिरावट आएको छ ।
आजको दिन सेयरबजारमा २६४ कम्पनीको २७ लाख ५७० कित्ता शेयर ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँमा खरिद बिक्री भएका छन् ।
आजको दिन कारोबारका आधारमा शिवम् शिमेन्ट्को शीर्ष स्थानमा छ । सो कम्पनीको शेयर ७ करोड ९१ हजार ५५७ बराबरको भएको छ । कालिन्चोक दर्शन प्रा.लिको शेयर ३ करोड १ लाख १६ हजार ६४८, नबिल बैंकको २ करोड ६९ लाख ५० हजार ६७५ र हिमालयन डिष्ट्रिलरीको २ करोड ३७ लाख ६२ हजार १४७ रुपैयाँ बराबरको कारोबार भई शीर्ष ४ भित्र पर्न सफल भएका छन् ।
सेयर बजारमा आजको दिन तारागाउँ रिजेन्सी होटल ८.११ प्रतिशत , खप्तड लघुवित्त वित्तीय संस्था लि ७.८५ प्रतिशत, सिटीन्जस् म्युचुअल फंड—१ ५.१३ प्रतिशतले बढेको छ ।
सनराइज ब्लुचिप फण्डको इकाइमूल्य सर्वाधिक १० प्रतिशतले गिरावट भएको छ । त्यस्तै, पिपुल्स पावर कम्पनीको सेयरमूल्य ४.६७ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फण्ड ४.८८ प्रतिशत, सिटीन्जस् म्युचुअल फंड—२को ३.६१ प्रतिशतले गिरावट हुँदा धौलागिरि लघुवित्तको सेयरमूल्य ३.५० प्रतिशतले गिरावट भएको छ ।