२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्सेमा ४ कम्पनीको बोनस सेयर सुचीकृत

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सुचीकृत


काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा ४ कम्पनीको सेयर सुचीकृत भएको छ ।

नेप्सेमा बिहिबार नेपाल पुनर्बी कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, निर्धन उत्थान लघुवित्त र डिप्रोक्स लघुवित्तको सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार नेपाल पुनर्बीमा कम्पनीको ५८ लाख २५ हजार कित्ता, प्रुडेन्सियल इन्स्योरेन्सको ३ लाख ९४ हजार ३९२ कित्ता, निर्धन उत्थान लघुवित्तको ४१ लाख ७० हजार ५४७.५ कित्ता र डिप्रोक्स लघुवित्तको १३ लाख ८७ हजार ४९८.३३२८  कित्ता सेयर सूचीकृत भएको हो ।

गत आव २७८/०७९को लागि नेपाल पुनर्बीमाले ५ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्सले ३.३२५ प्रतिशत, निर्धन उत्थान, १९ प्रतिशत र डिप्रोक्सले १० प्रतिशत बोनस सेयर वितरण गरेका थिए।

सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।


क्याटेगोरी : पूँजी बजार, बीमा, बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ