काठमाडौं । आज पनि सेयर बजार घटेको छ । आजको दिन नेप्से परिसूचक १६.९३ अंकले ओरालो लागेर १८३३.६९ विन्दुमा आएर रोकिएको छ ।
आजको दिन १३ उपसूचकहरु राताम्मै भएको छ । १८१ कम्पनीको सेयरको मूल्यमा ओरालो लागेको छ भने ३४ कम्पनीको शेयरको मूल्य बढेको छ । साथै ६ कम्पनीको सेयरको मूल्य स्थिर छ ।
आजको दिन कारोबारमा आएका २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर ८२ करोड ४२ लाख १७ हजार १ रुपैयाँ बराबरको कारोबार भएको छ ।
शिवम सिमेन्ट्को सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब ३ करोड ७८ लाख २१ हजार २८२ रुपैयाँको सेयर बिक्री भएको छ। त्यस्तै हिमाल दोलखा हाइड्रोपावरको २ करोड २५ लााख ५२ हजार ४१३ रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड २० लाख ३३ हजार ३५७ रुपैयाँ , तारागाउँ रिजेन्सीको २ करोड १ लाख २६ हजार ५९१ र एनआईसी एसियाको १ करोड ९७ लाख २२ हजार २०३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आजको दिन बजारमा इस्र्टन हाइड्रोपावरको ९.९९ प्रतिशत , शिव श्री हाइड्रोपावरको ६.३७ प्रतिशत बलेफी हाइड्रोपावरको ५.५९प्रतिशतले घटेको छ । यस्तै आजको दिन वीन नेपाल लघुवित्तको ८.०५ प्रतिशत, आत्मर्निभर लघुवित्तको ६.०८ प्रतिशत र नबिल गा्रेथ फण्डको ४.८९ प्रतिशतले बढेको छ ।