काठमाडौं । आज नेप्से परिसूचक २.४३ अंकले ओरालो लागेर १८४१.९३ विन्दुमा आएर रोकिएको छ ।
आजको दिन ८ वटा उपसूचकहरु राताम्मै भएका छन् भने ५ वटा उपसूचकहरु हरियाली छाएको छ ।
आज ११३ कम्पनीको सेयरको मूल्यमा ओरालो लागेको छ भने ८८ कम्पनीको शेयरको मूल्य बढेको छ । साथै १५ कम्पनीको सेयरको मूल्य स्थिर छ ।
कारोबारमा आएका २६५ कम्पनीको १९ लाख ४२ हजार ६२६ कित्ता सेयर ५८ करोड ९१ लाख ७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको दिन सेयर बजारमा हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब ३ करोड ५६ लाख १० हजार ८४७ रुपैयाँको सेयर बिक्री भएको छ। त्यस्तै नबिल बैंकको ३ करोड ५४ लााख ८ हजार ९९२ रुपैयाँ, शिवम् सिमेन्ट्को ३ करोड २८ लाख ७१ हजार २४१ रुपैयाँ ,एनटीसीको २ करोड ५६ लाख २१ हजार ६५६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आजको दिन बजारमामा हिमाल दोलखा हाइड्रोपावरको ८.२४ प्रतिशत, बाराही हाइड्रोपावरको ५.८७ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ४.०२ प्रतिशतले बढेको छ ।
यस्तै, ९.५ प्रतिशत एनसीसी डिबेन्चर ७.२४ प्रतिशत र मन्दाकिनि हाइडोपावरको ५.४७ प्रतिशतले शेयर घटेको छ ।