२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्से २५.६६ अंकले बढ्यो

नेप्से २५.६६ अंकले बढ्यो


काठमाडौं। आज नेप्से परिसूचक २५.६६ अंकले बढेको छ ।

आजको कारोबारमा नेप्से परिसूचक एक दशमलव ३५ प्रतिशतले बढेर १९२७.६५ अंकमा पुगेको छ ।

आजको २६९ कम्पनीको ५५ लाख ४१ हजार ८७८ कित्ता शेयर १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँमा कारोबार भएको छ ।
आज सबै समूहका उपसूचक हरियाली छाएको छ ।

कारोबार रकमको आधारमा आज सोल्टी होटल लिमिटेडको ९ करोड ६८ लाख ७२ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको छ । त्यस्तै शिवम् सिमेन्टको ९ करोड १७ लाख ९६ हजार रुपैयाँ र उपर तामाकोशी हाइडोपावरको ८ करोड ५६ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै आजको दिन सेन्चुरी डिबेन्भर २०८०को ३.०४ प्रतिशत , मनकामना स्मर्ाट लघुवित्तको २.६७ प्रतिशतले सेयरको मूल्य घटेको छ ।

साथै सेयर बजारमा न्यादी हाइड्र्रोपावरको ९.८५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डको ९.२४ प्रतिशत र सोल्टी होटलको ८.७५ प्रतिशतले बढेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ