२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसाताको पहिलो दिन नेप्से ३३ अंकले घट्यो, निफ्राको सेयर पहिलो दिन नै ३७४ रुपैयाँ पुग्यो

साताको पहिलो दिन नेप्से ३३ अंकले घट्यो, निफ्राको सेयर पहिलो दिन नै ३७४ रुपैयाँ पुग्यो


काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से आइतबार ३३.३३ अंकले घटेर २४९३.५९ अंकमा झरेको छ।

आइतबार सबै समूहहरु घटेका छन्। २०२ कम्पनीको ६ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बैंकिङ २०, ब्यापार २३, होटल २५, विकास बैंक १०, जलविद्युत २३, फाइनान्स ११, निर्जीवन बीमा ७७, उत्पादन ४४, अन्य ४५, माइक्रोफाइनान्स ७८ र जीवन बीमा समूह २३३ अंकले घटेका छन्।

सम्प्ृणर् सेयर बजार घट्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य भने १० प्रतिशत बढेर ३७४ रुपैयाँ पुगेको छ । बजारमा यस बैंकको पहिलो कारोबार ३४० रुपैयाँबाट सुरु भएको थियो। बैंकको आजैबाट दोस्रो बजारमा कारोबार सुरु भएको हो।

कणर्ाली विकास बैंकको मूल्य ७.८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५९१ रुपैयाँ पुगेको छ। त्यस्तै नेको इन्स्योरेन्सको मूल्य ७.४ प्रतिशतले बढेर १६९९ रुपैयाँ पुगेको छ।

सपोर्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ९.२ प्रतिशतले घटे सँगै कम्पनीको मूल्य प्रतिकित्ता १९१९ रुपैयाँ कायम भएको छ। स्वाभिमान लघुवित्तको मूल्य ९.१ प्रतिशतले घटेको छ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ