काठमाडौं । आज नेप्से परिसूचक ७.७९ अंकले बढेको छ ।
आज नेप्से परिसूचक ७.७९ प्रतिशतले बढेर १९८७.८७ अंकमा पुगेको छ ।
आजको २८५ कम्पनीको ७४ लाख ५ हजार ७ कित्ता शेयर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँमा कारोबार भएको छ ।
आज ६ वटा उपसमूहका उपसूचकमा हरियाली छाएको छ भने ७ वटा उप समुुहमा राताम्मै भएको छ ।
कारोबार रकमको आधारमा आज सबै भन्दा धैरे सिटी होटलको कारोबार भएको छ ।
सिटी होटलको १५ करोड २८ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको १० करोड ११ लाख १३ हजार रुपैयाँ, शिवश्री हाइड्रोपावरको ९ करोड ५८ लाख ३२ हजार रुपैयाँ, नागरिक लगानी कोषको ७ करोड १५ लाख ३१ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ ।
त्यस्तै आजको दिन अभियान लघुवित्त र कालिञ्चोक दर्शन प्रालिको सेयर १० प्रतिशत बढेको छ । त्यस्तै, भुगोल इनर्जी ९.९ प्रतिशत , सिटी होटल र चन्द्र्रगिरी हिल्सको ९.९८ प्रतिशतले बढ्को छ ।
साथै सेयर बजारमा प्रभु स्मर्ाट फण्डको १० प्रतिशत, सगरमाथा जलविद्युत कम्पनीको ३.९० प्रतिशतले सेयरको मूल्यमा गिरावट आएको छ ।
आजको दिन कारोबारमा आएका मघ्ये ८९ वटा कम्पनीको सेयरको मूल्य बढ्ेको छ भने १२६ वटाको घट्को छ । त्यस्तै वटा कम्पनीको सेयरको मूल्य स्थिर रहेको छ ।