२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारवैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट

वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट


काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आज असार १ गते देखि आईपीओ निष्काशन गरेको छ ।

त्यस्तै,आगामी असार २० गते देखि सर्वसाधारणका लागि आइंपीओ जारी गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको हो ।

जसमघ्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर विदेशमा रोजगारीमा रहेका नेपालीहरुका लागि त्यस्तै ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीमा कार्यगत कर्मचारीहरुका लागि छुट्याइएको छ।

बाँकी रहेको ९६ लाख कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्स कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३६.९१ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो ।

आईपीओमा दुवै लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेकाहरुले असार १५ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

सेयर निष्कासनका लागि आईएमई लाइफ इन्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लि रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।


क्याटेगोरी : पूँजी बजार, बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ