२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारथ्रीस्टार हाइड्र्रोपावरको आईपीओ आजबाट

थ्रीस्टार हाइड्र्रोपावरको आईपीओ आजबाट


काठमाडौं । थ्रीस्टार हाइड्र्रोपावरको आईपीओ आज असार ५ गतेदेखि निष्काशन भएको छ ।

कम्पनीले हाल कायम जारी पूँजी ४९ करोड ५० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गरेको साधारण सेयर मघ्ये १० प्रतिशत अर्थात् ४ लाख ९२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याएको छ भने १५ प्रतिशत अर्थात ७ लाख ३८ हजार ७५० कित्ता सेयर मघ्ये १० प्रतिशत अर्थात् ७३ हजार ८७५ कित्ता श्रम स्वीकृत गरि वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याएर बाँडफाँड गरिसकेको छ ।

त्यस्तै, ५ प्रतिशत अर्थात् ३६ हजार ९३८ कित्ता सामुहिक लगानी कोषका लागि, २ प्रतिशतले हुन आउने १४ हजार ७७५ कित्ता शेयर कम्पनीमा कार्यगत कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
सर्वसाधारण आवेदनकर्ताले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।

सर्वसाधारणले असार ८ गते सम्म आवेदन दिन पाउनेछन् र सो अवधिमा माग बमोजिम आवेदन नपरे १९ गते गतेसम्ममा आवेदन दिन सकिनेछ ।

साधारण सेयर निष्कासनका लागि थ्रीस्टार हाइड्रोपावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।

लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ