२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारदोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार


काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २६.६६ अंकले घटेर २२००.५० विन्दुमा बन्द भएको छ ।

आज २६५ कम्पनीको २ करोड ९ लाख ८८७ कित्ता सेयर ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार आएका मघ्ये ५० कम्पनीको शेयरमूल्य बढेको छ भने १६३ कम्पनीकोे शेयरमूल्य घटेको छ । त्यस्तै, ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
सेयर बजारमा आज ११ वटा उपसमुहको सेयर मूल्य घटेको छ भने २ वटा उपसमुहको सेयरको मूल्य उकालो लागेको छ ।

बजारमा आज नेपाल पुनर्बीमा कम्पनीको सबभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको २५ करोड ५६ लाख ५९ हजार रुपैयाँ बढीको कारोबार भएको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकको १९ करोड १६ लाख ४८ हजार रुपैयाँ ,प्रभु बैंकको १५ करोड १९ लाख ८६ हजार रुपैयाँ, शिवम सिमेन्टको १३ करोड ३९ लाख २० हजार रुपैयाँ र कुमारी बैंकको १३ करोड १४ लाख १८ हजार रुपैयाँ बराबरको करोबार भएको छ ।

आज किसान लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ५.९६ प्रतिशत, बालेफी हाइड्रोपावरको ४.१० प्रतिशत र बीपीडब्लु लघुवित्तको ३.६६ प्रतिशतले बढेको छ ।

आज सिटिजन्स म्युचुअल फण्ड-२को ६.९३ प्रतिशत, कुमारी इकयुटी फण्डको ६.२५ प्रतिशत र बिशाल बजार कम्पनीको ५.३३ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ