काठमाडौं । आज नेप्से ३६.१९ अंकले घटेर २१६४.३१ विन्दुमा बन्द भएको छ ।
आज २६७ कम्पनीको ७७ लाख १६ हजार २७७ कित्ता सेयर २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार आएका मघ्ये ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने १७६ कम्पनीकोे शेयरमूल्य घटेको छ । त्यस्तै, ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
सेयर बजारमा आज १२ वटा उपसमुहको सेयर मूल्य घटेको छ भने १ वटा उपसमुहको सेयरको मूल्य उकालो लागेको छ ।
बजारमा आज सोल्टी होटलको सबभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १५ करोड २७ लाख ७९ हजार रुपैयाँ बढीको कारोबार भएको छ। त्यस्तै, शिवम सिमेन्ट्को १० करोड ३९ लाख ५७ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको करोड ४२ लाख ८३ हजार रुपैयाँ , एभरेष्ट बैंकको ७ करोड ६५ लाख ५ हजार रुपैयाँ र कुमारी बैंकको ७ करोड ४६ लाख २ हजार रुपैयाँ राबरको करोबार भएको छ ।
आज किसान लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सिटी होटलको ७.७४ प्रतिशत, रिभर फल्स कम्पनीको ६.३१ प्रतिशत र यूनी निर्भर नेपालको ५.९० प्रतिशतले बढेको छ ।
आज नबिल डिबेन्चर २०८५ को ६.८७ प्रतिशत र बिपीडब्लु लघुवित्तको ५.२३ प्रतिशतले घटेको छ ।