२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठउर्जा स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि मिड सोलु हाइड्रोपावरको आईपीओ आजबाट

 स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि मिड सोलु हाइड्रोपावरको आईपीओ आजबाट


काठमाडौंं । मिड सोलु हाइड्रोपावर कम्पनीले आज साउन १४ गतेदेखि आईपीओ जारी गर्ने गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले  चुक्तापुँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर निष्कासन गर्ने लागेको हो ।

कम्पनीले जारी पुुँजीको १० प्रतिशतहुन आउने ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० कित्ता सेयर आयोजना प्रभावित स्थानिय बासिन्दाका निष्कासन गर्ने लागेको हो । जसमघ्ये ५ लाख ६१ हजार ३०० कित्ता साधारण सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र ११ का लागि र बाँकी १ लाख ८७ हजार १०० कित्ता साधारण सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीयका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने १० प्रतिशत अर्थात ७ लाख ४८ हजार ४०० कित्ता सेयर मघ्ये १० प्रतिशत अर्थात् ७४ हजार ८४० कित्ता श्रम स्वीकृत गरि वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर जारी गर्ने लागेको हो ।

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता देखि १०,००० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय आवदेनकर्ताले साउन २८ गतेसम्ममा यसमा आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन भने वैदेशिक रोजगारमा रहेका नेपालीहरुले साउन २८ गते सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

स्थानीय आवेदनकर्ताले सोलुखुम्बुको सल्लेरीमा रहेको एनआईसी एसिया बैंक, सोलुदूधकुण्डमा रहेको लक्ष्मी सनराइज बैंक, लुक्लामा रहेको राष्ट्रिय वाणिज्य बैंक, सल्लेहरीमा रहेको राष्ट्रिय वाणिज्य बैंक र नाम्चेबजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार
ट्याग : #मिड सोलु हाइड्रोपावर कम्पनी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ