२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसेयर बजार राताम्मै

सेयर बजार राताम्मै


काठमाडौं । आज नेप्से २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा बन्द भएको छ ।

आज २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७.८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार आएका मघ्ये १८ कम्पनीको शेयरमूल्य बढेको छ भने १८९ कम्पनीकोे शेयरमूल्य घटेको छ । त्यस्तै, १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

बजारमा आज शिवम सिमेन्टको सबभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १४ करोड ७८ लाख ७४ हजार रुपैयाँ बढीको कारोबार भएको छ। त्यस्तै, सोल्टी होटलको ११ करोड ९९ लाख १५ हजार रुपैयाँ, एभरेष्ट बैंकको १० करोड २० लाख ६२ हजार रुपैयाँ,हिमालयन डिस्ट्रीलरीको ६ करोड ५ लाख ९८ हजार रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको करोबार भएको छ ।

आजको दिन पिपुल पावर कम्पनीको ३.५९ प्रतिशत, सुपर माई हाइड्रोपावरको ३.०६ प्रतिशत र ८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिभेन्चर २०८४को १.९० प्रतिशत बढेको छ भने मनकामना लघुवित्तको ६.७८ प्रतिशत र अभियान लघुवित्तको ६.५७ प्रतिशत र हिमालयन लघुवित्तको ५.१४ प्रतिशतले घटेको छ ।

साताको पहिलो कारोबारको दिन १२ वटै उपसमूहमा राताम्मै भएको छ भने एउटामा हरियाली छाएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ