२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारदोहोरो अंकले घट्यो नेप्से परिसूचक

दोहोरो अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । आज  नेप्से परिसूचक २८.५९ अंकले धटेर   २०७७.५८ विन्दुमा बन्द भएको छ ।

आज २६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९.९० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार आएका मघ्ये १७ कम्पनीको शेयरको मूल्य बढेको छ भने १९६ कम्पनीकोे शेयरको मूल्य घटेको छ । त्यस्तै, ३ वटा कम्पनीको शेयरको मूल्य स्थिर रहेको छ ।

बजारमा आज उपर तामाकोशी हाइड्रोपावरको सबभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ८ करोड ७४ लाख ३ हजार रुपैयाँ बढीको कारोबार भएको छ। त्यस्तै, शिवम सिमेन्टको ७ करोड ९ लाख २१ हजार रुपैयाँ, सोल्टी होटलको ६ करोड २६ लाख ५० हजार रुपैयाँ, हिमालयन लाईफ इन्स्योरेन्सको करोड १८ लाख ६४ हजार रुपैयाँ र ज्योति विकास बैंकको ५ करोड ३ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको दिन सुपर म्यादी हाइड्रोपावरको ४.६० प्रतिशत, सिकेलेस हाइड्रोपावरको १.९३ प्रतिशत र ८.५ प्रतिशत बीओके डिबेन्चर २०८६ को १.८४ प्रतिशतले बढेको छ भने किसान लघुवित्तको ६ं५४ प्रतिशत र हिमालयन लघुवित्तको ५.२७ प्रतिशतले घटेको छ ।

साताको तेस्रो कारोबारको दिन १२ वटा उपसमूह राताम्मै भएको छ भने एक उपसमुहमा छरियाली छाएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ