२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसामान्य अंकले बढ्यो सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार


काठमाडौं । साताको चौथो दिन आज नेप्से परिसूचक ९.२५ अंकले बढेर २०८६.८४ विन्दुमा बन्द भएको छ ।

आज २६९ कम्पनीको ९३ लाख ६१ हजार ७८७ कित्ता सेयर १ अर्ब ८१ करोड २४ लाख ७३ हजार ८५६.१३ रुपैयाँमा काराेबार  भएको छ ।

आज कारोबार आएका मघ्ये ११७ कम्पनीको शेयरको मूल्य बढेको छ भने ८१ कम्पनीकोे शेयरको मूल्य घटेको छ । त्यस्तै, १९ वटा कम्पनीको शेयरको मूल्य स्थिर रहेको छ ।

बजारमा आज शिवम सिमेन्ट सबभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ११ करोड १९ लाख ३ हजार रुपैयाँ बढीको कारोबार भएको छ। त्यस्तै, सानिमा बैंकको संस्थापकको ८ करोड ९० लाख ३७ हजार रुपैया, प्रोग्रेसिभ फाइनान्सको ६ करोड ९१ लाख १० हजार रुपैयाँ, अपर तामाकोशीको ५ करोड ९१ लाख ८० रुपैयाँ र सोल्टी होटेलको ५ करोड २७ लाख २५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको दिन आरबीबी म्युचुअल फन्डको ४.१४ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४.०३ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डको ३.८९ प्रतिशतले घटेको छ । त्यस्तै आजको दिन प्रभु स्र्माट फण्डको १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । यो दिन एनआईबीएल समृद्वि फण्डको ४.५८ प्रतिशत र सुपर म्यादी हाइड्रोपावरको ४.०५ प्रतिशतले घटेको छ ।

साताको चौथो कारोबारको दिन लघुवित्त,व्यापार र जलविद्युत उपसमूहमा रातो पोतिएको छ भने अन्य १० उपसमुहमा हरियाली छाएको छ ।

 


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ