काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट सोनापुर मिनरल्स एण्ड आयल लिमिडेटले आईपीओ जारी गर्ने अनुमति पाएको छ ।
बोर्डले कम्पनीलाई साउन १७ गते प्रिमियममा साधारण सेयर निष्कासन गर्ने अनुमति दिएको हो ।
सोनापुर मिनरल्सले स्थानीय,वैदेशिक रोजगारमा रहेका नेपालीहरु र सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ । बोर्डबाट कम्पनीले ३ अर्ब ७ करोड ९ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आईपीओ निष्कासन अनुमति पाएको हो ।
जसमा कम्पनीले स्थानीय र कर्मचारीलाई प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारणका लागि (वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि समेत) प्रतिकित्ता २३७.५८ रुपैयाँमा साधारण सेयर जारी गर्नेछ ।
कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा १२५ रुपैयाँ थप प्रिमियम गरी स्थानीय र कर्मचारीलाई साधारण सेयर जारी गर्नेछ । सर्वसाधारणका लागि अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा १३७.५८ रुपैयाँ थप प्रिमियम गरी साधारण सेयर जारी गर्नेछ ।
साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।