२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रिमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रिमा


काठमाडौं ।   नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ३ लाख ७६ हजार २०८ कित्ता सेयर बिक्रि गर्ने निवेदन दिएकाले बैकले संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सुचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंककोे सेयर शाखामा आइपग्ने गरी आवेदन पेस गर्नुपर्ने छ ।

विद्यमान संस्थापक सेयरधनीले के कति सेयर खरिद गरी लिनुहुने हो सोको व्यहोरा खुलाई आवदेन दिन बैंकले भनेको छ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडी बढाउने बैंकले जनाएको छ ।


क्याटेगोरी : पूँजी बजार, बैंकिङ, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ