२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटआइएमई लाइफ र रिपब्लिक मिडियाको सेयर सूचीकृत, आइतबारबाट करोबारमा आउने

आइएमई लाइफ र रिपब्लिक मिडियाको सेयर सूचीकृत, आइतबारबाट करोबारमा आउने


काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयर नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

बिहिबार आईएमई लाइफकाे ४ करोड कित्ता र रिपब्लिक मिडियाको ९६ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।

सूचीकरण भएसँगै यी कम्पनीहरुको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने छन् ।

आइएमई लाइफले  सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली, कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएकाे  १ करोड २० लाख कित्ता र संस्थापकहरूले लगानी गरेको २ करोड ८० लाख कित्ता गरी ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

तयस्तै,रिपब्लिक मिडियाल सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली, कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएकाे ४३ लाख ५३ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको ५३ लाख २२ हजार कित्ता गरी कित्ता सेयर ९६ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले आइएमई लाइफको पहिलो सेयर कारोबारको लागि न्युनतम १७६.५३ रुपैयाँ देखि अधिकतम ५२९.५९ रुपैयाँ ओपनिङ्ग रेन्ज रहेको छ भने रिपब्लिक मिडियाको न्युनतम ८४.४ रुपैयाँ देखि अधिकतम २५३.४१ ओपनिङ्ग रेन्ज तोकिएको छ ।

नेप्सेले आइएमई लाइफलाई ‘आईएलआई’ कारोबार संकेत प्रदान गरेको छ भने रिपब्लिक मिडियालाई ‘एनआरएम’ कारोबार संकेत प्रदान गरेको छ ।


क्याटेगोरी : कर्पोरेट, पूँजी बजार, बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ