काठमाडौं । आज सेयर बजार सामान्य अंकले बढेको छ ।
आज नेप्से परिसूचक ३ अंकले बढेर २०८९.८४ विन्दुमा बन्द भएको छ ।
आज २६२ कम्पनीको ५१ लाख ३० हजार ५२० कित्ता सेयर १ अर्ब ७८ करोड १९ लाख ४१ हजार ७०१.८१ रुपैयाँमा कारोबार भएको छ ।
आज कारोबार आएका मघ्ये ७६ कम्पनीको शेयरको मूल्य बढेको छ भने १३० कम्पनीकोे शेयरको मूल्य घटेको छ । त्यस्तै, १२ वटा कम्पनीको शेयरको मूल्य स्थिर रहेको छ ।
बजारमा आज शिवम सिमेन्ट सबभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ९ करोड २३ लाख ६८ हजार रुपैयाँ बढीको कारोबार भएको छ। त्यस्तै, सीईडीबी हाइड्रोपावरको ५ करोड ५४ लाख ६० हजार रपैयाँ, आईसी फसी फाइनान्सको ५ करोड २ लाख ९० रुपैयाँ बराबरको कारोबार भएको छ ।
सपोर्ट लघुवित्त र एनआइबिएल ग्रोथ फण्डको १० प्रतिशतले बढेको छ। त्यस्तै, ग्लोबल आइएमइ ब्यालेस फण्डको ७.८८ प्रतिशत र अभियान लघुवित्तको ७.२३ प्रतिशतले बढेको छ ।
त्यस्तै ,आजको दिन प्रोग्रेशिभ फाइनान्सको ५.१९ प्रतिशत, गणपति लघुवित्तको ४.१९ प्रतिशत, कामना सेवा विकास बैंकको ४.० प्रतिशतले घटेको छ ।