काठमाडौंं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साउन २८ गते देखि आईपीओ बिक्रि खुल्ला गर्ने भएको छ ।
कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँको २५ प्रतिशत अर्थात २० लाख कित्ता सेयर सर्वसाधारणको लागी छुट्याएको छ । जसमघ्ये १० प्रतिशत अर्थात २ लाख कित्ता श्रम स्वीकृत गरि वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर जारी गरिसकेको छ ।
त्यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात १ लाख कित्ता सामुहिक लगानी कोषका लागि, २ प्रतिशतले हुन आउने ४० हजार कित्ता शेयर कम्पनीमा कार्यगत कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी रहेको २२ लाख ७६ हजार ६२० कित्ता शेयर सर्वसाधारणका (स्थानिय बासिन्दाका सेयर खरिद आवेदन नपरेको ६ लाख १६ हजार ६२० सेयर कित्ता सहित) लागि निष्काशन गर्ने लागेको हो ।
सर्वसाधारण आवेदनकर्ताले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता देखि १ लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन ।
आवदेनकर्ताले साउन ३१ गतेसम्ममा यसमा आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १० गतेसम्म आवेदन दिन सक्नेछन ।
त्यस्तै, आवेदनकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।