काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आज साउन २३ गतेदेखि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
जसमघ्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि विक्रि गरिसकेको छ ।
त्यस्तै ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीमा कार्यगत कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी रहेको ९६ लाख कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्स कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो ।
आईपीओमा दुवै लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले आवेदनकर्ताले साउन २६ गते सम्म आवेदन दिन पाउनेछन् र सो अवधिमा माग बमोजिम आवेदन नपरे भदौ ५ गतेसम्ममा आवेदन दिन सकिनेछ ।
सेयर निष्कासनका लागि रिलायवल नेपाल लाइफ इन्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लि रहेको छ ।
सर्वसाधारण आवेदनकर्ताले छिटोमा साउन २६ गतेसम्ममा र ढिलोमा भदौ ५ गते सम्ममा आवेदन दिन सक्नेछन ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।