२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्सेको ओलारो यात्रा कायमै

नेप्सेको ओलारो यात्रा कायमै


काठमाडौं । आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

आजको दिन नेप्से परिसूचक  २८.४० अंकले घटेर २०१९.८५ विन्दुमा बन्द भएको छ ।

आज २६५ कम्पनीको ४८ लाख ६० हजार ७४१ कित्ता सेयर १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९.५६ रुपैयाँ बराबरमा किनबेच भएकाे छ ।

आज कारोबार आएका मघ्ये २२ कम्पनीको शेयरको मूल्य बढेको छ भने १९८ कम्पनीकोे शेयरको मूल्य घटेको छ । त्यस्तै, २ वटा कम्पनीको शेयरको मूल्य स्थिर रहेको छ ।

साताको  तेस्राे दिन  कारोबारको दिन आज १३ वटै उपसमूह राताम्मै भएको छ ।

बजारमा आज आइएमई लाइफ इन्स्योरेन्स सबभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १७ करोड ८९ लाख ३२ हजार रुपैयाँ बढीको कारोबार भएको छ। त्यस्तै शिवम सिमेन्टको ६ करोड ७८ लाख ३२ हजार रुपैयाँ, एभरेष्ट बैंकको ४ करोड ४३ लाख ३९ हजार रुपैयाँ, सीइडीबी हाइड्रोपावरको ४ करोड १८ लाख २३ हजार रुपैयाँ र सोल्टी होटलको सेयर ४ करोड ९७ लाख २ हजार रुपैयाँमा खरिद बिक्रि भएको छ ।

आजको दिन स्वरोजार लघुवित्तको १० प्रतिशत, नेपाल रिपल्बिक मिडियाको ९.९७ प्रतिशत र पिपुल पावर कम्पनीको ३.९४ प्रतिशतले बढेको छ भने ग्लोबल आइएमई डिबेन्चर २०८०/०८१ को ९ प्रतिशत, गोर्खाज फाइनान्सको ८.२४ प्रतिशत र विजय लघुवित्तको ६.९९ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ