२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसन नेपाल लाइफको आईपीओ साउन ३२ गतेदेखि,क-कसले आवदेन दिन पाउने ?

सन नेपाल लाइफको आईपीओ साउन ३२ गतेदेखि,क-कसले आवदेन दिन पाउने ?


काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि साउन ३२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो ।

जसमघ्ये १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि विक्रि गरिसकेको छ ।

त्यस्तै ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर कम्पनीमा कार्यगत कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्स कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाँमा आईपीओ निष्काशन गर्न लागेको हो  ।आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले आवेदनकर्ताले भदौ ४ गते सम्म आवेदन दिन पाउनेछन् र सो अवधिमा माग बमोजिम आवेदन नपरे भदौ १४ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

सेयर निष्कासनका लागि सन नेपाल लाइफ इन्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ड बैंकिङ्ग लि रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ