२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजार४१.०६ अंकले बढ्यो सेयर बजार

४१.०६ अंकले बढ्यो सेयर बजार


काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार आज भने उकालो लागेको छ ।

आज नेप्से परिसूचक ४१.०६ अंकले बढेर २०६०.९१ अंकमा बन्द भएको छ । आज २६५ कम्पनीको ५० लाख १० हजार ७१६ कित्ता सेयर १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९.६२ रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज कारोबार आएका मघ्ये २०० कम्पनीको शेयरको मूल्य बढेको छ भने १८ कम्पनीकोे शेयरको मूल्य घटेको छ । त्यस्तै, २ वटा कम्पनीको शेयरको मूल्य स्थिर रहेको छ । साताको चौथो कारोबारको दिन आज १ वटा उपसमूह राताम्मै भएको छ भने १२ वटा उपसमुहमा हरियाली छाएको छ ।

बजारमा आज आइएमई लाइफ इन्स्योरेन्स सबभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १५ करोड ५० लाख २६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ। त्यस्तै शिवम सिमेन्टको ८ करोड ४७ लाख ९४ हजार रुपैयाँ, नेपाल रिपल्बिक मिडियाको ७ करोड ५५ लाख ९९ हजार रुपैयाँ, हिमालया लाइफ इन्स्योरेन्सको ५ करोड ३८ लाख ११ हजार रुपैयाँ र सोल्टी होटलको सेयर ५ करोड ३४ लाख ७९ हजार रुपैयाँमा खरिद बिक्रि भएको छ ।

आजको दिन हिमालयन लघुवित्तको ९.८३ प्रतिशत, नेपाल सुपर म्यादी हाइड्रोपावरको ९.७५ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको ९.५७ प्रतिशतले बढेको छ भने सेन्चुरी डिबेन्चर २०८८ को ९.९९ प्रतिशत, लक्ष्मी लघुवित्तको ८.०५ प्रतिशत र रिपब्लिक मिडियाको ६.६३ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ