काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिडेटले आज साउन २९ गतेदेखि आईपीओ जारी गरेको छ ।
कम्पनीले स्थानीय बासिन्दा र श्रम स्वीकृत गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर जारी गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आईपीओ निष्कासन गरेको हो ।
जसमघ्ये उद्योग प्रभावित क्षेत्र (दाङ र रोल्पा जिल्लाका स्थानीय)का स्थानीय बासिन्दाको लागि जारी पुँजीको ५ प्रतिशत अर्थात् १५ लाख ३७ हजार ५२५ कित्ता साधारण सेयर जारी गरेको हो ।
त्यस्तै,कम्पनीले सर्वधारण साधारणका लागि निष्काशन गरिने मघ्ये १० प्रतिशतले हुन आउने १० लाख ७६ हजार २६८ कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।
कम्पनीले स्थानीय बासिन्दालाई प्रतिकित्ता २२५ रुपैयाँ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता २३७.५८ रुपैयाँमा साधारण सेयर गरेको हो ।
कम्पनीले स्थानीय बासिन्दालाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २२५ रुपैयाँ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३७.५८ रुपैयाँ आईपीओ निष्काशन गरेकाे हाे ।
स्थानीय आवदेनकर्ताले भदौ ११ गतेसम्ममा यसमा आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन भने वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भदौ ११ गते सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
आयोजना प्रभावित स्थानीय १० कित्ता देखि १५ लाख कित्तासम्म र वैदेशिक रोजगारमा रहेका नेपालीहरुले न्युनतम १० कित्ता देखि १० लाख ७६ हजार २६८ कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन ।
स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।
बोर्डले कम्पनीलाई साउन १७ गते प्रिमियममा साधारण सेयर निष्कासन गर्ने अनुमति दिएको हो ।