२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेशनल लघुवित्त र धौलागिरी लघुवित्तको सेयर कारोबार फुकुवा, भोलिबाट करोबारमा आउने

नेशनल लघुवित्त र धौलागिरी लघुवित्तको सेयर कारोबार फुकुवा, भोलिबाट करोबारमा आउने


काठमाडौं । मर्जर प्रक्रिया पूरा गरेका नेश्नल लघुवित्त र धौलागिरी लघुवित्त वित्तिय संस्थाको सेयर कारोवार फुकुवा भएको छ ।

साबिकको नेशनल लघुवित्त र समिट लघुवित्त बिच १:०.७३ सेयर स्वाप रेसियोमा मर्जर पूरा गरेका थिए । मर्जरपछि नेशनल लघुवित्तको नाममा कायम १ करोड ८ लाख ४२ हजार ६३ कित्ता सेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचिकृत भएको छ । त्यस्तै, १: ०.७५ सेयर स्वाप रेसियोमा साबिकको धौलागिरी लघुवित्त र खप्तड लघुवित्तले मर्जर प्रक्रिया पूरा गरेका थिए ।

मर्जरपछि धौलागिरी लघुवित्तको नाममा कायम ३ लाख कित्ता सेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचिकृत भएको छ ।  नेप्सेले नेशनल लघुवित्तको सेयर प्रतिकित्ता १२१५.२९ रुपैयाँ र धौैलागिरी लघुवित्तको ७६८.६१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

कुनैपनि कम्पनीको सेयर नेप्सेमा सुचिकृत भएको दोस्रो दिनबाट सेयर बजारमा कारोबारमा आउने भएकाले भोलिबाट यहि मूल्यबाट यी दुवै लघुवित्त कम्पनीको सेयर कारोबार खुल्नेछ ।


क्याटेगोरी : पूँजी बजार, लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ