काठमाडौं – अपि पावर कम्पनीले आफ्ना सेयरधनीहरुको लागि आजबाट हकप्रद सेयर जारी गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँको १ कित्ता सेयर बराबर नयाँ ०.४० कित्ता सेयर (१ : ०.४०) को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो ।
कम्पनीले रु.१०० अंकितदरले १ करोड ६५ लाख ३३ हजार १३७ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो । उक्त हकप्रद सेयरको लागि कम्पनीले २२ असारमा बुक क्लोज गरिसकेको छ । यसअनुसार २१ असारसम्म नेप्सेमा कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
कम्पनीको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हकप्रदमा अपी पावर कम्पनीको कार्यालय, मुक्तिनाथ क्यापिटको कार्यालय,तथा मुक्तिनाथ विकास बैंकले तोकेको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् ।