२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसर्वसाधारणका लागि सन नेपाल लाइफको आईपीओ आजबाट

सर्वसाधारणका लागि सन नेपाल लाइफको आईपीओ आजबाट


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आज साउन ३२ गतेदेखि आईपीओ निष्काशन गरेकाे छ  ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमघ्ये १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि विक्रि गरिसकेको छ ।

त्यस्तै ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर कम्पनीमा कार्यगत कर्मचारीहरुका लागि छुट्याइएको छ।

बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्स कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो । ।

आईपीओमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले आवेदनकर्ताले भदौ ४ गते सम्म आवेदन दिन पाउनेछन् र सो अवधिमा माग बमोजिम आवेदन नपरे भदौ १४ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

सेयर निष्कासनका लागि सन नेपाल लाइफ इन्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ड बैंकिङ्ग लि रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।


क्याटेगोरी : पूँजी बजार, बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ