२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसामान्य अंकले उकालो लाग्यो सेयर बजार

सामान्य अंकले उकालो लाग्यो सेयर बजार


काठमाडौं । लगातार ३ दिन ओरालो लागेको सेयर बजार आज भने उकालो लागेको छ ।

आज नेप्से परिसूचक ८.१ अंकले बढेर २०३३.१३ अंकमा बन्द भएको छ ।आज २७१ कम्पनीको ४० लाख ९ हजार २६३ कित्ता सेयर १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८.७९ रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज कारोबार आएका मघ्ये १३५ कम्पनीको शेयरको मूल्य बढेको छ भने ७८ कम्पनीकोे शेयरको मूल्य घटेको छ । त्यस्तै, १२ वटा कम्पनीको शेयरको मूल्य स्थिर रहेको छ ।आज १३ वटा उपसमूह मघ्ये १२ वटा उपसमुहमा हरियाली छाएको छ भने एक वटा राताम्मै भएको छ ।

 सेयर बजारमा आज सोल्टी होटलको सबैभन्दा धैरे करोबार भएको छ । यस कम्पनीको आज १३ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै आईएमइ लाइफको ७ करोड ७९ लाख रुपैयाँ, घोराही सिमेन्टको ५ करोड ६१ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ४२ लाख रुपैयाँ र हिमालयन डस्टिलरीको ३ करोड २१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ ।

त्यस्तै,आजको दिन सिद्वार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम—२को सेयरको मूल्य १० प्रतिशतले बढेर सकारात्क सर्किट लागेको छ । बजारमा आज लवटी इनर्जी कम्पनीको ९.७४ प्रतिशत र उपर स्याङ्गे हाइड्रोपावरको ६.१७ प्रतिशतले बढेको छ भने लक्ष्मी इक्विटी फण्डको ७.४३ प्रतिशत, मन्छियाम हाइड्रोपावरको ४.४१ प्रतिशत र राप्ती हाइड्रोको ४.२१ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ