काठमाडौं । साताको पहिलो कारोबारको दिन आज सेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसूचक २१.९१ अंकले बढेर २०११.२२ अंकमा बन्द भएको छ ।
आज २६९ कम्पनीको ४४ लाख ५९ हजार ४५९ कित्ता सेयर १ अर्ब ४४ करोड ७४ लाख ८ हजार ९४२.६७ रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आज कारोबार आएका मघ्ये २९ कम्पनीको शेयरको मूल्य बढेको छ भने १९० कम्पनीकोे शेयरको मूल्य घटेको छ । त्यस्तै, ८ वटा कम्पनीको शेयरको मूल्य स्थिर रहेको छ । आज १३ वटै उपसमूह राताम्मै भएको छ ।
बजारमा आज आईएमइ लाइफ इन्स्योरेँन्सको सबै भन्दा धैरे कारोबार भएको छ । यस कम्पनीको ६ करोड ६३ लाख रुपैया भन्दा बढीको सेयर खरिद बिक्रि भएको छ । त्यस्तै, हिमालयन डस्टिलरीको ४ करोड ६३ लाख रुपैयाँ, ज्योति विकास बैंकको ४ करोड ५२ लाख रुपैयाँ,सोल्टी होटलको ४ करोड ६ लाख रुपैयाँ र घोराही सिमेन्टको ३ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारमा आज फरवार्ड लघुवित्तको ४.५७ प्रतिशत, आरएसडीसी लघुवित्तको ४ प्रतिशतले बढेको छ भने कृषि विकास बैंक डिबेन्चर २०८३ को १० प्रतिशतले घटेर नकारात्क सर्किट लागेको छ ।