२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारभगवति हाइड्रोपावरको आईपीओ आजबाट बिक्रि खुल्ला ,क-कसले आवेदन दिन पाउने ?

भगवति हाइड्रोपावरको आईपीओ आजबाट बिक्रि खुल्ला ,क-कसले आवेदन दिन पाउने ?


काठमाडौ । भगवति हाइड्रोपावर डेभेलपमेण्ट कम्पनीले सर्वसाधारणका लागि आज भदौ ५ गते देखि आईपीओ बिक्रि खुल्ला गरेको छ ।

कम्पनीको चुक्तापुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको ८ लाख ५८ हजार ९७ कित्ता साधारण सेयर निष्काशन भएको हो ।

जसमघ्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता श्रम स्वीकृत गरि वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर जारी गरिसकेको छ ।

त्यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात ४२ हजार ९०५ कित्ता सामुहिक लगानी कोषका लागि, २ प्रतिशतले हुन आउने १७ हजार १६२ कित्ता शेयर कम्पनीमा कार्यगत कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा १६ रुपैयाँ थप प्रिमियम गरी प्रतिशेयर कुुल ११६ रुपैयाँ साधारण सेयर जारी गरेकाे हाे । आवेदनकर्ताले न्युनतम १० कित्ता देखि ५ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन ।

आवदेनकर्ताले भदौ ८ गतेसम्ममा यसमा आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन ।

त्यस्तै, आवेदनकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्वार्थ क्यापिटल रहेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ