२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारकुमारी बैंकको संस्थापक सेयर बिक्रिमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रिमा


काठमाडौं – कुमारी बैंकले आज भदौ ५ गतेदेखि ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०१ रुपैयाँ तोकेको छ । प्रतिकित्ता १०१ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ ।

यसमा विद्यमान संस्थापक सेयरधनी तथा ईच्छुक जो कोही योग्य व्यक्तिले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन ।

आवेदनकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम १० ले भाग जानी गरी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले एनआइबिल एस क्यापिटल लिमिटेड, लाजिम्पाट , काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।


क्याटेगोरी : पूँजी बजार, बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ