२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारदोहोरो अंकले उकालो लाग्यो सेयर बजार

दोहोरो अंकले उकालो लाग्यो सेयर बजार


काठमाडौं । सेयर बजार आज दाेहाेराे अंकले  उकालो लागेको छ ।

आज नेप्से परिसूचक १७.६९ अंकले बढेर २०१५.९८ अंकमा बन्द भएको छ । आज २७७ कम्पनीको ६० लाख ३१ हजार ३६५ कित्ता सेयर १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९.५१ रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज कारोबार आएका मघ्ये १८१ कम्पनीको शेयरको मूल्य बढेको छ भने ४२ कम्पनीकोे शेयरको मूल्य घटेको छ । त्यस्तै, ४ वटा कम्पनीको शेयरको मूल्य स्थिर रहेको छ । आज १३ वटै उपसमुहमा हरियाली छाएको छ ।

सेयर बजारमा आज कुमारी बैंकको संस्थापक सेयरको सवार्धिक करोबार भएको छ । यस कम्पनीको आज २८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्सको ५ करोड ४१ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ६२ लाख रुपैयाँ, सोल्टी होटलको ४ करोड १४ लाख रुपैयाँ र घोराही सिमेन्टको ३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ ।

त्यस्तै,आजको दिन कुथेली बेथली स्मल हाइड्रोपावरको ९.९८ प्रतिशत, ईङ्वा हाइड्रोपावरको ८.९१ प्रतिशत र माईखोला हाइड्रोपावरको ८.९० प्रतिशतले बढेको छ भने लक्ष्मी लघुवित्तको ४.४२ प्रतिशत र सामुदायिक लघुवित्तको ४.१२ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ