२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारमाण्डु हाइड्रोपावरको आईपीओ आजबाट

माण्डु हाइड्रोपावरको आईपीओ आजबाट


काठमाडौ । माण्डु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आज भदौ १० गते देखि आईपीओ बिक्रि खुल्ला गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि १२ लाख ५ लाख ३२० कित्ता (स्थानिय बासिन्दाका सेयर खरिद आवेदन नपरेको ७९ हजार ३० सेयर कित्ता सहित) साधारण सेयर निष्काशन गरेको हो ।

त्यस्तै,सर्वसाधारणका लागि जारी गरिने साधारण सेयर मघ्ये १० प्रतिशत अर्थात १ लाख ३६ हजार ३६४ कित्ता श्रम स्वीकृत गरि वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर जारी गरिसकेको छ ।

त्यस्तै, कम्पनीले ७२ हजार १३३ कित्ता सामुहिक लगानी कोषका लागि र २८ हजार ८३५ कित्ता शेयर कम्पनीमा कार्यगत कर्मचारीका लागि छुट्याइएको छ ।

कम्पनीले जारी पुँजीको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि बिक्रि खुल्ला गरि १ लाख ३६ हजार ३६४ कित्ता बाँडफाँड गरिसकिएको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो ।

आईपीओमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले आवेदनकर्ताले भदौ १३ गते सम्म आवेदन दिन पाउनेछन् र सो अवधिमा माग बमोजिम आवेदन नपरे भदौ २४ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

त्यस्तै, आवेदनकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ