काठमाडौं । अरुण काबेली पावर लिले आफ्ना सेयरधनीहरुको लागि आजबाट हकप्रद सेयर जारी गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १०० प्रतिशत अर्थात १.१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले रु.१०० अंकितदरले १ करोड ८५ लाख ५२ हजार १०५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने लागेको हो ।
उक्त हकप्रद सेयरको लागि कम्पनीले असार २५ गते बुक क्लोज गरिसकेको छ। यसअनुसार असार २४ सम्म नेप्सेमा कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
कम्पनीको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग बिक्री प्रबन्धकको काम गर्नेछ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हकप्रदमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् ।