काठमाडौं । साताको दोस्रो कारोबारको दिन आज नेप्से परिसूचक ५.०९ अंकले बढेर १९९८.४८ अंकमा बन्द भएको छ ।
आजको दिन २७९ वटा कम्पनीको ३६ लाख ७० हजार ७३१ कित्ता सेयर ९८ करोड ८६ लाख २८ लाख ५६२.२४ रुपैयाँमा खरिद बिक्रि भएको छ ।
कारोबारमा आएका मघ्ये ११८ वटा कम्पनीको सेयरको मूल्यवृद्धि भएको छ भने ९७ वटा कम्पनीको घटेको छ । त्यस्तै १२ वटाको भने सेयरको मूल्य स्थिर रहयो । १३ वटा उप समूह मघ्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ
आजको दिन लक्ष्मी सनराइज बैंकको ७ करोड ३१ लाख रुपैयाँ बराबरमा सेयर खरिद बिक्रि भएसँगै कारोबारको आधारमा र्शिष स्थान रह्यो ।त्यस्तै सोल्टी होटलको ४ करोड ९८ लाख रुपैयाँ, आईएमइ लाइफ इन्स्योरेन्सको ३ करोड ८४ लाख रुपैयाँ, घोराही सिमेन्टको २ करोड ५१ लाख रुपैयाँ र शिवम सिमेन्टको २ करोड ४४ लाख रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै,कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरको मुल्यमा १० प्रतिशतले वुद्धी भई सकारात्क सर्किट लागेको छ भने स्वभिान लघुवित्तको ४.३८ प्रतिशतले घटेको छ ।