काठमाडौंं । मिड सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि भदौ २८ गतेदेखि आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले चुक्तापुँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर निष्कासन गर्ने लागेको हो ।
कम्पनीले जारी पुुँजीको १० प्रतिशत हुन आउने ७ लाख ४८ हजार ४०० कित्ता सेयर आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणका लागि जारी गरिने मघ्ये १० प्रतिशत अर्थात् ७४ हजार ८४० कित्ता श्रम स्वीकृत गरि वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
त्यस्तै, कम्पनीले ३७ हजार ४२० कित्ता सामुहिक लगानी कोषका लागि र १४ हजार ९६८ कित्ता शेयर कम्पनीमा कार्यगत कर्मचारीका लागि छुट्याइएको छ भने बाँकी रहेको ६ लाख २१ लाख १७२ साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने लागेको हो ।
अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता देखि १०,००० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।
आवदेनकर्ताले असोज १ गतेसम्ममा यसमा आवेदन सक्नुपर्ने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असोज ११ गतेसम्म आवेदन दिन सक्नेछन ।
त्यस्तै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।