काठमाडौं । सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ ।
आज नेप्से परिसूचक २८.९२ अंकले बढेर १९३२.४५ अंकमा बन्द भएको छ ।आज २७६ कम्पनीको ३७ लाख ६९ हजार ३३ कित्ता सेयर १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७.६० रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आज कारोबार आएका मघ्ये २१ कम्पनीको शेयरको मूल्य बढेको छ भने २०३ कम्पनीकोे शेयरको मूल्य घटेको छ । त्यस्तै, ४ वटा कम्पनीको शेयरको मूल्य स्थिर रहेको छ ।आज १३ वटै उपसमुहमा रातो पोतिएको छ ।
सेयर बजारमा आज लिबर्टी इनर्जीको संस्थापक सेयरको सवार्धिक करोबार भएको छ । यस कम्पनीको आज ६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको ४ करोड १ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ७७ लाख रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड १४ लाख रुपैयाँ र सिद्वार्थ बैंकको ३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै,आजको शुभम पावर कम्पनीको सेयरको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने बाराही हाइड्रोपावरको सेयरको मूल्य ९.९८ प्रतिशतले गिरावट आएको छ ।