काठमाडौं । साताको दोस्रो कारोबारको दिन आज नेप्से परिसूचक ४०.३० अंकले बढेर १९८६.९९ अंकमा बन्द भएको छ ।
आजको दिन २७७ वटा कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७.२४ रुपैयाँमा खरिद बिक्रि भएको छ ।
कारोबारमा आएका मघ्ये २१२ वटा कम्पनीको सेयरको मूल्यवृद्धि भएको छ भने ११ वटा कम्पनीको घटेको छ । त्यस्तै ५ वटाको भने सेयरको मूल्य स्थिर रहयो । १३ वटै उपसमूह हरियाली छाएको छ ।
आजको दिन साल्ट ट्रेडिङको ६ करोड २५ लाख रुपैयाँ बढीको सेयर खरिद बिक्रि भएसँगै कारोबारको आधारमा र्शिष स्थान रह्यो । त्यस्तै, एभरेस्ट बैंकको ५ करोड ७१ लाख रुपैयाँ,सोल्टी होटेलको ५ करोड २४ लाख रुपैयाँ, चिलिमे जलविद्युतको ५ करोड २३ लाख रुपैयाँ र शिवम सिमेन्टको ४ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भयो ।
त्यस्तै,थी्रस्टार हाइड्रोपावरको सेयरको मुल्यमा ९.९८ प्रतिशतले वुद्धी भएको छ सिद्वार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ७.४३ प्रतिशतले घटेको छ ।