काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले उद्योग प्रभावित स्थानीय बासिन्दाहरुका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साउन २९ गतेदेखि स्थानीय बासिन्दा र श्रम स्वीकृत गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर जारी गरेको थियो ।
वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि भने भदौ ११ गते सम्म आवेदन दिन सक्ने समय रहेको थियो भने उद्योग प्रभावित स्थानीय बासिन्दाहरुले भने आज भदौ २६ गते बैकिङ समयसम्ममा आवेदन दिन पाउनेछन् ।
कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आईपीओ निष्कासन गरेको हो ।
जसमघ्ये उद्योग प्रभावित क्षेत्र (दाङ र रोल्पा जिल्लाका स्थानीय)का स्थानीय बासिन्दाको लागि जारी पुँजीको ५ प्रतिशत अर्थात् १५ लाख ३७ हजार ५२५ कित्ता साधारण सेयर जारी गरेको हो ।
कम्पनीले स्थानीय बासिन्दालाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २२५ रुपैयाँ आईपीओ निष्काशन गरेको हो ।
आयोजना प्रभावित स्थानीय १० कित्ता देखि १५ लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन ।
सोनापुर मिनरल्सको आईपीओ आजबाट, क—कसले आवेदन दिन पाउने ?
स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। ।
साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।