२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारदोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार


काठमाडौं । साताको तेस्रो कारोबारको दिन आज नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ अंकमा बन्द भएको छ ।

आजको दिन २७६ वटा कम्पनीको ३९ लाख १६ हजार १६१ कित्ता सेयर १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५.५१ रुपैयाँमा खरिद बिक्रि भएको छ ।

कारोबारमा आएका मघ्ये ३३ वटा कम्पनीको सेयरको मूल्यवृद्धि भएको छ भने १९१ वटा कम्पनीको घटेको छ । त्यस्तै ४ वटाको भने सेयरको मूल्य स्थिर रहयो । १३ वटा उपसमूह मघ्ये म्युचुअल फन्ड उप समूह बाहेक अरु सबै उप समुह राताम्मै भएको छ ।

आजको दिन एसबीआइ बैंक कारोबारको आधारमा र्शिष स्थान रह्यो । यस कम्पनीकाे   ७ करोड ५६ लाख रुपैयाँ भन्दा  बढीकाे  कारोबार भएकाे छ । त्यस्तै,शिवम सिमेन्टको ६ करोड ३५ लाख रुपैयाँ, एभरेस्ट बैंकको ४ करोड ५५ लाख रुपैयाँ, आईएमई लाइफको ३ करोड २९ लाख रुपैयाँ र सोल्टी होटेलको २ करोड ९८ लाख रुपैयाँ बरारबरमा कारोबार भएको छ ।

त्यस्तै,थ्रीस्टार हाइड्रोपावरको सेयर मुल्यमा १० प्रतिशतले गिरावट आएको छ भने शुभव हाइड्रोपावरको सेयरको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ