काठमाडौं । सिटिजन्स क्यापिटलकाे वार्षिक साधारण सभा असोज १९ गते बस्ने भएको छ । उक्त सभा ललितपुरको झम्सिखेलास्थित द लअनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
क्यापिटलको भदौ २४ गते बसेको सञ्चालक समितिको ११६ औं बैठकले कम्पनीको १७ औ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
त्यस्तै उक्त बैंठकले कम्पनीकाे हाल कायम भएको चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने २ करोड ४० लाख रुपैयाँ बराबरको ( लाभाशं कर समेत गरी) बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव रहेको छ ।
यस्तै, आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र कम्पनीकाे नियावली अनुसार गरिएकाे संचालककाे नियुक्तिकाे अनुमाेदन पनि गर्ने छ ।
सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । असोज ०७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।