२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठउर्जासर्वसाधारणले आजबाट मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन पाउने

सर्वसाधारणले आजबाट मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन पाउने


काठमाडौंं । मिड सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि आजबाट आईपीओ जारी गरेको छ ।

कम्पनीले  जारीपुँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर निष्कासन गर्ने गरेको हो ।

कम्पनीले जारी पुुँजीको १० प्रतिशत हुन आउने ७ लाख ४८ हजार ४०० कित्ता सेयर आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणका लागि जारी गरिने मघ्ये १० प्रतिशत अर्थात् ७४ हजार ८४० कित्ता श्रम स्वीकृत गरि वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

त्यस्तै, कम्पनीले ३७ हजार ४२० कित्ता सामुहिक लगानी कोषका लागि र १४ हजार ९६८ कित्ता शेयर कम्पनीमा कार्यगत कर्मचारीका लागि छुट्याइएको छ भने बाँकी रहेको ६ लाख २१ लाख १७२ साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता देखि १० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आवदेनकर्ताले असोज २ गतेसम्ममा यसमा आवेदन सक्नुपर्ने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन ।

त्यस्तै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ