२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारउच्च अंकले घट्यो सेयर बजार

उच्च अंकले घट्यो सेयर बजार


काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४.९१ अंकमा बन्द भएको छ ।

आजको दिन २७८ वटा कम्पनीको ५६ लाख ५९ हजार ४५८ कित्ता सेयर २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६१०.९४ रुपैयाँमा खरिद बिक्रि भएको छ ।

कारोबारमा आएका मघ्ये ११ वटा कम्पनीको सेयरको मूल्यवृद्धि भएको छ भने २१३ वटा कम्पनीको घटेको छ । त्यस्तै ३ वटाको भने सेयरको मूल्य स्थिर रहयो । आजको दिन १३ उप समुह राताम्मै भएको छ ।

आजको दिन एनआईसी बैंक कारोबारको आधारमा र्शिष स्थान रह्यो । यस कम्पनीको २७ करोड ५४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, रिलायबल लाइफ नेपालको २४ करोड ५२ लाख रुपैयाँ,एभरेस्ट बैंकको १२ करोड ५४ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ४९ लाख रुपैयाँ र आईएमई लाइफ इन्स्योरेन्सको ४ करोड ६५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, शुभम हाइड्रोपावरको सेयर मुल्यमा १० प्रतिशतले बढेको छ भने मोलुङ हाइड्रोपावरको सेयरको मूल्य ९.२१ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ